जन प्रगतिशील मञ्च जोहोर बारु क्षेत्र मलेसियाको सचिव सहित धादिङबाट चार जना चयन

Avatar photo
हरि नेपाली
शुक्रबार, चैत्र ३०, २०८०

धादिङ। नेपाली जनप्रगतिशील मञ्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको अधिवेशनबाट धादिङबाट चार जना (सचिव, सहसचिव, एक सदस्य र एक सल्लाहकार) चयन भएका छन् ।

मलेसियाको जोहोर बारुमा सम्पन्न क्षेत्रीय अधिवेशनबाट सचिवमा धादिङ नीलकन्ठ-९ का किरण न्यौपाने बिद्रोही, सचिवमा धुनीबेसी-१ की सुस्मिता तामाङ, सदस्यमा नीलकन्ठ-३ का बिनोद भुजेल र सल्लाहकारमा नीलकन्ठ-१४ धुँवाकोटका उमाकान्त सापकोटाको चयन भएका हुन् । अधिवेशनले २१ सदस्यीय नेपाली जनप्रगतिशील मञ्च मलेसिया जोहोर बारु क्षेत्रीय समितीको नयाँकार्य समिति गठन गरेको हो । जसमा अध्यक्ष डिल्लीराम पौडेल सबिन, वरिष्ठ उपाध्यक्ष अनिल चन्द, उपाध्यक्षहरु ईश्वर कार्की, राजु बिक र दिनेश बिष्ट, सचिवमा किरण न्यौपाने सह सचिवमा सुस्मिता तामाङ,कोषाध्यक्षमा बिष्णुमाया पाख्रिन, सह कोषाध्यक्षमा सौरव ज्योति एवं सदस्यहरुमा खिम बहादुर वली, मोहमद अहमोद कबडिया, अग्नि बर्मा, बिनोद भुजेल, दल बहादुर शाही, खुम बहादुर खड्का, धनन्जय टमटा, नन्द लाल थिङ र रमेश खड्का रहेका छन् ।

नेपाली जनप्रगतिशिल मञ्च मलेसिया का अध्यक्ष प्रेम पाण्डे को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एनआरएनए एनसीसी मलेसियाका उपाध्यक्ष अरुण गिरी लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो । अधिवेशन आयोजक समितिका संयोजक अर्जुन सिंह अनुरागीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन मन्चका सल्लाहकार कृष्ण नेपालले गरेका थिए । जोहोर बारु क्षेत्रमा रहेका श्रमिकहरुको उल्लेख्य उपस्थिती रहेको कार्यक्रमलाई सल्लाहकार टुकेन्द्र लिम्बुले स्वागत गरेका थिए ।