नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले खुल्ला कविता प्रतियोगिता गर्ने

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २३, २०८०

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाको नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले बागमती प्रदेश स्तरीय खुल्ला कविता प्रतियोगिता गर्ने भएको छ ।

बैशाख २२ गते सम्म कविता पठाएर भाग लिन पाईने उक्त प्रतियोगिताको पुरस्कार प्रथम २० हजार, द्वितिय १५ हजार, तृतिय १० हजार र सान्तोना ५ हजार दुई जनालाई प्रदान गरिने जनाईएको छ ।