भरतपुर मेयर कप आमन्त्रित अन्तराष्ट्रिय ब्याडमिण्टनमा धादिङका विष्णुलाल र रामको जोडी प्रथम

Avatar photo
Dhadingpost
आइतवार, चैत्र १८, २०८०

धादिङ । चितवनको भरतपुरमा आयोजना भएको प्रथम प्रथम भरतपुर मेयर कप आमन्त्रित अन्तराष्ट्रिय ब्याडमिण्टनमा प्रतियोगिता २०८० मा धादिङका विष्णु लाल श्रेष्ठ पाटनर चितवनबाट बुध्दि चौधरीको जोडी प्रथम भएको छ ।

पुरुष युगल उमेर समूह ५५ं तर्फ काठमाडौं फिटनेश पार्कका उमेश के. सी. पाटनर दिल बहादुर कन्दङ्वाको जोडीलाई २१-१३ र २१-१६ को सोझो सेटमा पराजित गरी यो जोडी प्रथम भएको हो ।

यस्तै पुरुष युगल २० र्याङ्किङ माथीको विधामा धादिङका राम मल्ल ठकुरी र लमजुङका सुजन थापाको जोडीले बाल कुमारी रिमिक्स क्लव काठमाण्डौंका ससिन डंगोल र सुमन शाक्यको जोडीलाई २१-१५ र २१-१९ को सोझो सेटमा पराजित गर्दै प्रथम हुन सफल भएको छ ।