मामाघरबाट घर आउन १५ मिनेट लाग्थ्याे तर आमाले बुढाेमावल देखि जम्मा गरेका खानेकुरा बाेक्नुभएकाे झाेला जब घरमा खाेलिन्थ्याे अनि पाेकाहरुबाट वात्सल्यता मुस्कुराउँथ्याे । कति भराेसा थियाे ! त्याे झाेलामा ? अनि कति वात्सल्यता ?
साखै मितिनी हजुरआमा-दमिनी आमै ! जब नाति बिरामी भाे भनेर बिगार परेकाे ओखति लिएर बिहानै पिपलछापबाट आउनुहुन्थ्याे, मंगलबार पारेर । तिताे त्याे औषधी खाएर गिलास घाेप्टाे पारे पछि ब्यथा सञ्चाे हुने ! कति विश्वास थियाे ! त्याे झाेलामा ?
फुपूले ऐँसेलु र काफलका खाेच्यैले भरिएकाे उनीकाे पाटे झाेला पिँढीमा बिसाउँदा नसाेधी खाेच्यै निकालेर खान थाल्दा आफैँ हात हालेर खान हुन्न भनेकाे पनि हिजै जस्ताे लाग्छ, कति मायाँ र सद्भाव थियाे! त्याे झाेलामा ?
बाले लालपुर्जा अनि साना किसानका कागज र पार्टीका कागजात राखेकाे झाेला छुनै डर लाग्ने । अटैँची खाेल्न कहिल्यै सकिएन किनभने बाकाे झाेला त्यही अटैँची भित्र थियाे । कस्ताे अजग थियाे! त्याे झाेला ?
दशाैँ कक्षा पढ्दा नबाेकेका झाेला पछि जीवनका अवयाव सँग जाेडिएर बाेक्न पर्याे। १० नपुग्दै विद्यार्थी आन्दाेलनले दिएकाे झाेला अलि गह्राैँ झाेला थियाे भने, जिम्मेवारी बाेकेका प्याब्सन नेपाल, नेपाल रेडक्रस, राेटरी क्लब र विद्यालयकाे हेडमास्टरी झाेलाहरु क्रमशः गहकिला र रवाफिला पनि थिए । कथाहरुसँगै झाेलाहरु बिस्तारै रुप बदल्दै सन २०१८ जनवरी १ का दिन दुर्घटनाले अर्काे दर्दनाक झाेला बाेकायाेे। बिचार सिद्धान्तले मतमतान्तरमा लागेका गुटउपगुटका नामले टाँसिएका सारा ब्याच ब्यानरहरु दुर्घटनामा च्यातिए । घाइते हुँदा सक्नेले गुन लगाए चाहनेले घाउमा नुन लगाए । तर मैले अर्काे झाेला बाेक्न पाएँ औषधी र जाँचपड्तालका रिपाेर्टले भरिएकाे झाेला । निकाे हुन्छ भन्ने डाक्टरकाे आश्वासन र मेराे विश्वास झाेला थियाे त्याे । त्यसै घटनाले मेराे जीवनकाे गाेरेटाे फेरिदियाे, अनि झाेलाकाे रुप र आकार पनि। अब झाेला मैले बिचार सिद्धान्त र सार्वजनिक जिम्मेवारी बाहेक खुम्चयाउन र तन्काउन मिल्ने सुर्के झाेला भाे मेराे ।
कथाले विदेश मागेपछि म थिलथिलाे भएकाे शरीर लिएर ईच्छा, काङ्क्षाकाे ठुलाे किताब राखेर एउटा झाेला बाेकेँ अनि निस्किएँ पाेर्चुगल । राेटरी क्लबमा काम गर्दा चिनेका धादिङे व्यापारी भिमसेन श्रेष्ठ मेराे पहिलाे पाेर्चुगलका लागि भगवान हुन् । उत्रिए पछिका कागजी प्रकृया रन्थमाेल हुने खालका थिए । सजिला उपायहरु हुँदाहुन् तर नयाँ मान्छे देख्ने बित्तिकै ती सजिला उपायहरु घुम्तिका पसलहरुमा छिरेर लुकिहाल्ने । कामकाे कन्ट्र्क्याक्टकै ६५० युराे तिरे सजिलाे उपाय फुत्त बाहिर निस्किने भाे, म सूक्ष्म हेरिरहेँ उपाय फेरि त्यही झाेला भित्रै रैछ । भिमसेन दाईले हुन्न त्यति तिरेर …… घरै पिच्छे यस्ता निर्मम झाेलाहरु थिए जसकाे पसल बनाएर मानिसहरुले व्यवसायकाे साम्राज्य खडा गरेका छन- प्रसङ्गले दाईहरुले मलाई दिएकाे सुझाव थियाे याे । म अलि खल्लाे भएँ, काम नहुने भयाे । उपाय रिसायाे हाेला तर म रिसाइनँ ।
भलिबल खेल्दाका औधि राम्रा मान्छे नारायण काजी मगरलाई भेट्दा बित्तिकै दुबै जना दाईहरुले खेतिमा जाने सल्लाह गरे मैले हुन्छ भनेँ । औदिमिरामा संघर्षका बेला चिनिएकी राममायाँ दिदी हुनुहुन्थ्याे । बेलुकी दिदीलाई फाेन गरेर राति पुग्ने गरि बसकाे टीकट काटेर म हिँडेँ औदिमिरा। दशकाैँ पहिले देखि पाेर्चुगलमा कागजका लागि मरिमेट्नेहरुलाई बेच्ने कागजले भरिएकाे संस्थागत ठगीका झाेला अबिरल चलिरहेकै रहेछन् । साेसल फिनान्स देखि डेट लिइदेकाे, बैक खाता खाेलेकाे, जुन्ता बनाकाे, इआरएस् भरेकाे आदिआदी अनेकन बाहनामा सङ्गठीत अपराधकाे सिलसिला निरन्तर तिनै झाेला अभ्यस्त रैछन्, छन् र रहिरहनेछन् । कसै न कसैकाे संरक्षणमा याे अपराधकाे झाेला सकृय छ, कहिले याे झाेला बन्द हाेला ? सायद राजदुतावासकाे स्थापना पछि केहीसहज हुन्छ कि ! एनआरएनएले आज सम्म झाेलालाई पक्का सहयाेगी ठान्याे, बैमन्यष्यता हाेस भन्ने चाहेकाे त हुँदैहैन तर झाेलालाई प्रश्रय किन दिइरह्याे भन्ने कुरा अवश्य संशयपूर्ण छ । कथित ठूला झाेला बाेक्नेहरु हिजाेआज आफ्नाे झाेला चम्काउन विभिन्न बाहनामा संघ सङ्गठनलाई गाली गलाैचमै उत्रेकाे देख्छु । उदेक लाग्छ झाेलाहरुले परदेशमा छद्म र रङ्गमात्रै फेर्दैन रहेछ । आफन्त साथी भाइ र भाइचारा सद्भाव सबै एउटै बास्केटमा हालेर किस्ता किस्तामा बेचिरहेकाे बसेर टुलुटुलु हेरिरहनुपरेकाे छ। बिचरा दलित बनेर नवआगन्तुकहरु किस्ताबन्दिमा बिकिरहेका छन् शनैशनै ! झन ठूला झाेलाहरुले त मान्छे अटाएर नै किनबेच शुरु गरेका छन् ।
उसैदिन भिमसेन दाइले एउटा अर्काे झाेला किनिदिनु भाे कागज राख्ने जतनका साथ नत्र कार्ड हुन्न…….. झन आतिएर झाेलै हराउला झैँ तनाव लागिरहने । झाेलामा कागजातका खातहरु थपिँदैगएकाछन् । सकेसम्म सबैलाई नि:शुल्क नै सहयाेग गर्ने बाचा गरेकाे मलाई अबिचलित कहिले हुन सकूँला भन्ने चिन्ता लागेकाे छ । अब अलिकति पछि जान्छु।
२०५४ सालतिर नै हाेला सायद क्रान्तिकारी विद्यार्थी सङ्गठनका लागि बाेकेकाे झाेला ! विद्यार्थी सङ्गठनकाे जिल्ला सम्मेलनका लागि तुलसी मामाकाे पसलमा गएर किनेकाे झाेला धादिङबेसीमा सम्मेलन प्रहरी दमनमा परेपछि ल्याफ्र्याक-ल्याफ्र्याक पार्दै सेउली- टाेड्के हुँदै सेम्जाेङमा गएर बल्ल खाेल्न पाएकाे अनि बाेल्न पाएकाे पनि ताजै छ । सरस्वति क्याम्पसमा २०५६ तिर पुलिसले छतबाट हाम्फाल्ने गराएकाे पनि त्यही झाेलाकाे मायाँले थ्याे । बिस्तारमा झाेलाले रङ्ग बदल्याे, गीतहरु गाइरहियाे कसले भन्छ, क्रान्ति यहाँ सफल हुँदैन……………. सुनिरहियाे………. नाच्ने गीतहरु क्रमश: हट्दै रुने गीतहरु सार्वजनिक भैरहेका थिए, गीतहरु त टुट्फुट र खण्डित कुरा नगर……… पनि भन्थे तर नेताहरु नै आन्तरिक बर्ग सङ्घर्ष र मुटावले सफायकाे सिरेटाेमा उभिएकाे बेला थ्याे त्याे । अविचलित म बाबाकाे बिमारी पछि परिवारकाे रेखदेखमा परेँ । झाेला फेरियाे। तर झाेला बिचार , राजनीति र सेवा फेरिएन । अलि चलायमान भएँ हाेला तर बिचलित भैन, यता परदेशमा पनि २०१९ देखि नै सङ्गठनकाे धागाे खाेजेकाे म २०२३ मा आएर मात्रै जाेडिन पाएँ, यता झाेला जुध्ला भन्नेहरुले मेराे झाेला जाँच्न धेरै समय लाए।
झाेला पुरानाे र जर्जर भएकाे आंकलनले हाे कि झाेलामा काम लाग्ने केही छ भन्ने थाहा पाएर हाे कुन्नी ! मेराे झाेला सम्मतिले स्विकार भाे । अब मेराे झाेला सङ्गठनमा युराेप हुँदै प्रदेश जाने प्रणमा टक्टक्याएर म राताे रगतले राता किस्साहरु पुनर्लेखन गर्ने साहस बाेकेर हिँडेँ । बाटामा पर्ने गणतन्त्रकाे फुलबारीमा फुलेका फुलहरुसँगै फुलेका जनताका आशामा तुषारापात गराउने गन्धेझारहरु पनि उखेल्दै गाेड्दै जानूछ । सिद्धान्त बिपरित माैलाएका बनमाराहरु मास्दै जानुछ । अबसरले बनेका सुनका महलहरु भत्काउँदै मेराे झाेला भित्रकाे राताे किताबले रहर गरेकाे राता मान्छेहरुकाे समानताकाे समाज निर्माणमा लगिरहनु छ। पश्चिम छितिजमा अस्ताएका शहिदहरुकाे सपना बाेकेर पूर्व छितिजकाे बस्तिहरुमा समाजवादकाे सभ्यता भर्नु छ। झाेलामा एउटा राताे किताब एक मुठ्ठी साहस र बिश्वास छ । जुन किताबमा मेरा अभ्यस्त अनुभव, सीप र सृजनाहरु हुनेछन् ।अनि एकमुठ्ठी सास रहुञ्जेल मेरा साथ र विश्वासले जाेडिएका सीप र सृङ्गारहरु भाेली मेराे मातृभूमी सिँचन गर्न र सिँगार्न सकूँ, राताे सलाम सहित।