लङ आइल्याण्ड नेपाली समाजको अध्यक्षमा धादिङका राजन गौली सहित ५ जना विजयी

Avatar photo
गोविन्द बुढाथोकी
आइतवार, फाल्गुन १३, २०८०

धादिङ । अमेरिकाको लङ आइल्याण्ड नेपाली समाजको अध्यक्षमा धादिङका राजन गौली सहित धादिङका ५ जना विजयी भएका छन् । गौली प्यानलबाट इन्दिरा सिंखडा उपाध्यक्षमा इन्द्रसिंखडा, राजकुकार तामा र रवि खड्का सदस्यमा विजयी हुँदा प्रशान्त पाठक र टेकमान तामाङ पराजित भएका छन् । यस्तै बाबुराम शर्मा प्यानलबाट कोषाध्यक्षमा धादिङका निर्मल थपलिया विजयी भएका छन् भने महासचिवमा धादिङकै शंकर भण्डारी पराजित भएका छन् ।

गौलीले २९३ मतले अध्यक्षमा विजयी हुँदा उनका प्रतिद्वन्दी बाबुराम शर्माले २४० मत पाएका थिए । गौली प्यानलबाट उपाध्यक्षमा धादिङ कै इन्द्रिरा सिंखडाल २६४ मत ल्याई विजयी भईन । यस्तै शर्मा प्यानलबाट महासचिवमामा उठेका धादिङका शंकर भण्डारी, गौली प्यानका उम्मेदवार सँग १६ मतले पराजित हुन पुगे भने कोषध्यक्षमा गौली प्यानका उम्मेदवारलाई पराजित गर्दै शर्मा प्यानबाट धादिङका निर्मल थपलियाले १० मतले विजयी भए ।

को को थिए धादिङ घर भएका उम्मेदवारहरु

गौली समूहमा
१. अध्यक्षमा राजन गौली, त्रिपुरासुन्दरी
२. उपाध्यक्षमा इन्दिरा सिंखडा, त्रिपुरासुन्दरी
३. सदस्यमा रवि खड्का, त्रिपुरासुन्दरी
४. सदस्यमा राज लामा, नेत्रावती डवजोङ
५. सदस्यमा प्रसान्त पाठक, त्रिपुरासुन्दरी
६. सदस्यमा टेक तामाङ, नेत्रावती डवजोङ
शर्मा समूहमा
१. महासचिवमा शंकर भण्डारी, त्रिपुरासुन्दरी
२. कोषाध्यक्षमा निर्मल थपलिया, बेनीघाट रोराङ

निर्वाचन परिणाम