बागमतीबाट धादिङका पाँच खेलाडी अन्तरप्रदेशका लागि छनोट

Avatar photo
Dhadingpost
बुधबार, चैत्र ७, २०८०

धादिङ । बागमती प्रदेशले आगामी चैत २५ गते देखि आयोजना गर्ने अन्तर प्रदेश राष्ट्रिय खेलकुद(२०८० का लागि धादिङबाट पाँच जना खेलाडी बागमती प्रदेश टिमका लागि छनोट भएका छन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा परिचित सन्तोषी श्रेष्ठ ५००० मि., १०,००० मि, (दौड) का लागि, , सुप्रिमा बजगाई तेक्वान्दो ४६ केजी, अभिशेक डल्लकोटी तेक्वान्दो ५४ केजी, रुपेश तामाङ तेक्वान्दो ५८ केजी र समिक्षा ढुङ्गाना ५५ केजी तौल समूह करातेमा प्रदेश टिमका लागि छनोट भएका हुन् ।

संघीय संरचना अनुसार ७ प्रदेशको सहभागीता रहने यस प्रतियोगितामा ९ खेल विधा समावेश गरिएको छ । अन्तर प्रदेशमा भलिबल, फुटबल, क्रिकेट, बक्सिङ, कराँते, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन र पौडी खेललाई समावेश गरिएको छ ।