धादिङ अस्पतालको नि. मेसु बनेर आए डा. गगन अधिकारी

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २, २०८०

धादिङ । धादिङ अस्पतालको नि. मेसु परिवर्त भएको छ । धादिङका नि. मेसु भक्तपुर सरुजा भए सँगै चौतारा अस्पताल सिन्धुपाल्चोकका मेसु डा. गगन अधिकारी धादिङ अस्पतालको नि. मेडिकल सुपरिटेन्डेन्ट बनेर आएका हुन् । आज एक विशेष कार्यक्रमका बीच अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले उनलाई स्वागत गरेका छन् ।

डा. गगन अधिकारीको सेवा अनुभव

  • नियुक्ती २०७३
  • नि. मेसु प्यूठान अस्पताल (१४ महिना कार्यरत)
  • नि. मेसु पाल्पा अस्पताल (१२ महिना कार्यरत)
  • एमएस सर्जरी टिचिङ अस्पताल (३ वर्ष)
  • हेटौडा अस्पताल एक महिना कार्यरत
  • नि. मेसु रामेछाप अस्पताल (१५ महिना)
  • मेसु चौतारा अस्पताल (५ महिना)

उनलाई स्वागत गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राजाराम रिजालले केहि महिना अघि धादिङ अस्पतालको गुणस्तर सुधारका लागी न्यनतम मापदण्डको मुल्याङ्कन गर्न धादिङ आउनु भएको थियो । उक्त मुल्याङ्कको प्राप्ताङ्कले यहाँ उत्साह पैदा गरेको थियो, हामी देशभरमा दोस्रो भएका थियौं । त्यसबेला देखिएका कमिकमजोरीहरु केहि हल भैसके बाँकी तपाईको आगमनले हल गर्न सहज हुने आशा लिएको बताएका थिए ।

स्वागत कार्यक्रममा बोल्दै नि. मेडिकल सुपरिटेन्डेन्ट बनेर धादिङ अस्पताल आएका डा. गगन अधिकारीले यसअघि धादिङ अस्पतालको टिम लोभ लाग्दो पाएको हुँ । अब पनि टिम स्पिडमा कुनै कमि हुने छैन र सेवा थप प्रभावकारी बनाईने प्रतिवद्धता जनाएका थिए ।