धादिङ सहित दश जिल्लाका खेलकुद अध्यक्षको पद रिक्त

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन २८, २०८०

धादिङ । बागमती प्रदेश सरकारले नियुक्त गर्ने जिल्ला खेलकुद विकास समति अध्यक्षको पद दश जिल्लामा रिक्त हुन पुगेको छ । जिल्ला अध्यक्षहरुको नियुक्ती समय फागुन २१ गते सकिए सकिसकेको छ ।

दुई कार्यकाल जिल्ला खेलकुद अध्यक्ष भएर काम गरिसकेका धादिङका अध्यक्ष प्रतापसिंह तामाङ भन्छन् । बागमती प्रदेश सरकार अहिले अल्पमतमा छ, मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार हुन्छ अनि मात्रै प्रदेशले खेलकुद अध्यक्ष नियुक्त गर्ने बताउँछन् ।

मैले आफ्नो कार्यकालमा धादिङमा सबैले प्रशंषा गर्नेगरी काम गरें । प्रदेशमा अझै धेरै नयाँ कामको प्रस्ताव पेश गरेको छु । धादिङको खेलकुद र पूर्वाधारले फड्को मारेको उनी बताउँ छन् ।