बागमती प्रदेश छनोटमा धादिङबाट १५ खेलाडी सहभागी

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन २३, २०८०

धादिङ । बागमती प्रदेशले आगामी चैत १ गते देखि अन्तर प्रदेश राष्ट्रिय खेलकुद-२०८० गर्दैछ । उक्त प्रतियोगिताको लागि बागमती प्रदेशले आफ्नो टिम तयार गर्नका लागि फागुन २५ गते सम्म खेलाडी छनोटको कार्यक्रम राखेको छ ।

उक्त छनोट खेलहरुमा धादिङबाछ विभिन्न खेल विधाका १५ जना खेलाडी सहभागी हुने जिल्ला खेलकुद विकास समिति धादिङका कार्यालय प्रमुख रमेशमान तुलाधरले धादिङपोष्टलाई बताए । छनोटमा परेका खेलाडीले प्रदेशबाट खेल्ने छन् ।

धादिङबाट प्रदेश छनोटमा सहभागी खेलाडीहरु
१. सन्तोषी श्रेष्ठ एथ्लेटिक्स ५०००मि., १०,००० मि. (दौड)
२. सजना कुमारी राय, भलिवल सटर
३. प्रकाश तामाङ, भलिवल, सटर
४. सम्राट श्रेष्ठ, भलिवल, ओपनर
५. विदुर इटनी, भलिवल कुकि सटर
६. सिम्रन अर्याल, भलिवल मिडल
७. प्रमिता तामाङ, तेक्वान्दो ४७ केजी
८. पावल तामाङ, तेक्वान्दो ५४ के जी
९. आशिष राना मगर, व्याडमिन्टन (सिंगल, डबल्स, मिक्स डबल्स)
१०. निष्ठा श्रेष्ठ, व्याडमिन्टन (सिंगल, डबल्स, मिक्स डबल्स)
११. रुविना थापा, व्याडमिन्टन (सिंगल, डबल्स, मिक्स डबल्स)
१२. अस्विन मगर व्याडमिन्टन (सिंगल, डबल्स, मिक्स डबल्स)
१३. ईश्वर थापामगर ब्याडमिन्टन (सिंगल, डबल्स, मिक्स डबल्स)
१४. निसान तामाङ एथ्लेटिक्स ज्याम्लिङ थ्रो, सटपुट
१५. समिक्षा ढुङगाना, कराँते (कुमुते)

संघीय संरचना अनुसार ७ प्रदेशको सहभागीता रहने प्रतियोगितामा ९ खेल विधा समावेश गरिएको छ । अन्तर प्रदेशमा भलिबल, फुटबल, क्रिकेट, बक्सिङ, कराँते, तेक्वान्दो, एथलेटिक्स, ब्याडमिन्टन र पौडी खेललाई समावेश गरिएको छ ।

चैत २ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने यस प्रतियोगिता औपचारिक उद्घाटनको दुई दिन अघिदेखिनै भलिबलका खेलहरु सञ्चालन हुने प्रदेश खेलकुद परिषद बागमतीले जनाएको छ । भलिबलको फाइनलसँगै उद्घाटन हुने कार्यक्रम फुटबलको फाइनलसँगै हेटौडामा समापन हुने गरि तालिका बनाईएको छ ।