धादिङलाई पदक थपिनेक्रम जारी

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन २१, २०८०

धादिङ । बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा सुरुभएको प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङलाई पदक थपिनेक्रम जारी रहेको छ ।

आज सम्पन्न भएका खेलरुमा धादिङले २ सजत र ३ कास्य हात पारेको छ भने कबड्डी दुबै टिम फाईल पुगेको छ भने करातेमा रिद्वीमा खडका र प्रदिप तामाङ फाईनल प्रवेसगरेका छन् । हाईजम्पमा रोजन श्रेष्ठले रजत, सटपुटमा विकास तामाङले रजत र सृजना श्रेष्ठले कास्य र करातेमा स्नेहा तामाङले कास्य जित्न सफल भएका छन् ।

धादिङको छात्रभलिबल टिम पहिलो चरण मै आउट भएको छ भने छात्रा टिम बाईपरेकोले आज खेल नभएको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले बताए । धादिङबाट एथ्लेष्टिमा १९ जना, भलिबलमा १८ जना, कबड्डीमा १८ जना, करातेमा १२ जना, तेक्वान्दोमा १२ जना र उसुका ६ जना गरी ८५ जना खेलाडीले प्रतिपर्धा गरेका छन् ।