धादिङको दुबै कबड्डी टिम सेमीफाईनल प्रवेस

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन २१, २०८०

धादिङ । बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा सुरुभएको प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङको महिला पुरुष दुबै कबड्डीमा टिम सेमिफाईनल प्रवेस गरेको छ ।

पहिलो खेलमा नुवाकोटलाई ७७–१५ को अंक स्कोरको अन्तरले सहज जित निकालेको धादिङ पुरुष कबड्डी टिमले दोस्रो खेलमा दोलखालाई ८१–३२ अंक स्कोरको अन्तरले पछि पार्दै सेमिफाईनल पुगेको हो भने पहिलो खेल बाई पाएको धादिङको महिला कबड्डी टिमले मकवानपुरलाई ४२–१९ को अंक स्कोरको अन्तरले पछि पार्दै सेमिफाईनल प्रवेस गरेको हो ।

सेमिफाईनलका दुबै खेल भोली हुने कबड्डी संघ धादिङका अध्यक्ष एवम् टिम कोच रत्नेश यादवले धादिङपोष्टलाई बताए ।

धादिङको पुरुष कबड्डी टिम: प्रमोद श्रेष्ठ नीलकण्ठ, सायल खाण ठकुरी नीलकण्ठ, रुपक शाक्य नीलकण्ठ, बिसान तामाङ नीलकण्ठ, जिवन श्रेष्ठ नीलकण्ठ, अर्जुन तामाङ सिद्धलेक, सुलभ खतिवडा सिद्धलेक, दिपेन पौडेल सिद्धलेक, दावा लामा थाक्रे

धादिङको महिला कबड्डी टिमः धना राहडी मगर नीलकण्ठ, रेजिना तामाङ नीलकण्ठ, इन्दिरा श्रेष्ठ
नीलकण्ठ, अन्जना घले नीलकण्ठ, प्रेमिका तामाङ नीलकण्ठ, रोजिना थापा नीलकण्ठ, समिक्षा प्रजा
गजुरी, एन्जला प्रजा गजुरी, शर्मिला तामाङ, थाक्रे