कबड्डीमा धादिङद्वारा नुवाकोट पराजित

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन २१, २०८०

धादिङ । बागमती प्रदेश खेलकुद विकास परिषदले आजबाट आयोजना गरेको प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत पुरुष कबड्डीमा धादिङले नुवाकोटलाई पराजित गर्दै जितको सुरुवात गरेको छ ।

धादिङले नुवाकोटलाई ७७–१५ को अंक स्कोरको अन्तरले सहज हात पारेको छ । कबड्डी संघ धादिङका अध्यक्ष एवम् टिम कोच रत्नेश यादवका अनुसारअब धादिङले दोस्रो खेल दोलखा सँग खेल्ने छ भने नुवाकोट आउट भएको छ ।

धादिङको पुरुष कबड्डी टिम: प्रमोद श्रेष्ठ नीलकण्ठ, सायल खाण ठकुरी नीलकण्ठ, रुपक शाक्य, नीलकण्ठ, बिसान तामाङ, नीलकण्ठ, जिवन श्रेष्ठ, नीलकण्ठ, अर्जुन तामाङ, सिद्धलेक, सुलभ खतिवडा, सिद्धलेक, दिपेन पौडेल, सिद्धलेक, दावा लामा, थाक्रे

धादिङबाट एथ्लेष्टिमा १९ जना, भलिबलमा १८ जना, कबड्डीमा १८ जना, करातेमा १२ जना, तेक्वान्दोमा १२ जना र उसुका ६ जना गरी ८५ जना खेलाडीले प्रतिपर्धा गर्ने छन् ।