धादिङका ७९ जना खेलाडी चितवनमा

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन २१, २०८०

धादिङ । बागमती प्रदेश खेलकुद विकास परिषदले आजबाट आयोजना गरको प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङबाट एथ्लेष्टिमा १९ जना, भलिबलमा १८ जना, कबड्डीमा १८ जना, करातेमा १२ जना, तेक्वान्दोमा १२ जना र उसुका ६ जना गरी ८५ जना खेलाडीले भाग लिँदै छन् ।

धादिङ खेलकुद विकास समिति धादिङका प्रताप तामाङका अनुसार धादिङ टिमको कोचका रुपमा खेलाडी सँगै भलिबलमा महेन्द्र ढुङ्गाना र चेतलाल तामाङ, कबड्डीमा रत्नेश यादव र दिप्सा तामाङ, तेक्वान्दोमा पाण्डे र मोहित परियार, करातेमा भिम गुरुङ र बलराम मगर, एथ्लेष्टिकमा गौतम श्रेष्ठ र विशाल सापकोटालाई पठाईएको छ ।

खेल तालिका अनुसार धादिङ महिला भलिबल टिमले आफ्नो पहिलो खेल दोलखा सँग खेल्ने छ भने पुरुष तर्फ धादिङले पहिलो खेल बाई पाएको छ । कबड्डी तर्फ धादिङको छात्र टिमले पहिलो खेल नुवाकोट सँग खेल्ने छ भने महिला टिमले बाई पाएको छ । धादिङबाट सहभागी ६ जना उसुका खेलाडीले काठमाडौंमा खेल्ने छन् भने अन्य सबै विधाका खेलहरु चितवनमा हुने छ ।