धादिङबाट प्रदेश राष्ट्रपति रनिङ शिल्डका लागि खेलाडी र प्रशिक्षकलाई विदाई

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन २०, २०८०

धादिङ । बागमती प्रदेश खेलकुद विकास परिषदले यहि फागुन २१ र २२ गते आयोजना गर्ने प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने धादिङका खेलाडी तथा प्रशिक्षकलाई जिल्ला खेलकुद विकास समिति धादिङले विदाई गरेको छ ।

जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङ र कार्यलय प्रमुख रमेशमान तुलाधरले जितका लागि अग्रिम शुभकामा दिँदै खेल अनुशासिसत तवरले खेल्दै धादिङको खेल उचाईलाई कायम राख्न प्रशिक्षक तथा खेलाडीहरुलाई आग्रह गरेका थिए ।

धादिङबाट एथ्लेष्टिमा १९ जना, भलिबलमा १८ जना, कबड्डीमा १८ जना, करातेमा १२ जना, तेक्वान्दोमा १२ जना र उसुका ६ जना खेलाडीहरु प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने छन् ।

धादिङबाट सहभागी हुने खेलाडीको सूची