वाईसीएलको प्रदेश भलिबलमा धादिङ आज चितवनसँग भिड्दै

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन १९, २०८०

धादिङ । योङ कम्यूनिष्ट लिग (वाईसीएल) बागमती प्रदेश र सहिद स्मृती प्रतिष्ठानले आजबाट गर्न लागेको सहिद स्मृति बागमती प्रदेश रनिङ्गशिल्ड अन्तर जिल्ला भलिबल प्रतियोगिता अन्तरगत आज दोस्रो खेल धादिङ र चितवन बीच हुनेछ । पहिलो खेल सिन्धुपाल्चोक र नुवाकोटको खेल हुने छ भने दोस्रो खेल आज दिउँसो ११ बजे धादिङ र चितवन बीच हुने भएको हो ।

धादिङ टिम
निशान त्रिखाती, प्रदिप थापा मगर, विदुर इटनी, योहान तामाङ, मिलन घले, प्रकाश तामाङ, अनुभव तामाङ, सम्राट श्रेष्ठ, शिरिष तामाङ, राजन तामाङ
टिम कोच: दिलिप थापामगर
टिम व्यवस्थापक: राजन लम्सााल

अनुमानित ४२ लाख खर्च अनुमान गरिएको यस प्रतियोगिताको विजयी टिमले १ लाख ११ हजार १११, उपविजेताले ५५ हजार ५ सय ५५ रुपियाँ , तृतीयले ३३ हजार ३३३ रुपियाँ, वेष्ट सटर, वेष्ट प्लेयर, बेष्ट लिप्टर, बेष्ट ब्लकर, बेष्ट कोचलाई ५-५ हजार प्रदान गरिने वाइसीएल नेपाल बागमती प्रदेशका संयोजक साजन अधिकारीले बताए ।