धादिङबाट प्रदेशको राष्ट्रपति रनिङ शिल्डमा ९४ जना सहभागी हुने

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १५, २०८०

धादिङ । बागमती प्रदेश खेलकुद विकास परिषदले आयोजना गर्ने प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि फागुन २१ र २२ गते चितवनको भरतपूमा हुने भएको छ । यस प्रतियोगितामा पालिका हुँदै जिल्ला छनोट भएका धादिङका ९४ जनाले सहभागीता जनाउने भएका छन् ।

जिल्ला खेलकुद विकासस समिति धादिङका कार्यालय सप्रमुख रमेशमान तुलाधरले बताएअनुसार धादिङबाट एथ्लेष्टिमा २२ जना, भलिबलमा १८ जना, कबड्डीमा १८ जना, करातेमा १२ जना, तेक्वान्दोमा १२ जना र उसुमाका १२ जना खेलाडी सहभागी हुने छन् ।