काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत अन्तिम खेलमा आज नेपाल र नेदरल्याण्डबीच प्रतिष्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित खेल मैदानमा साढे ९ बजेबाट शुरु हुनेछ ।
नेपालले यसअघि नेदरल्याण्ड्स विरुद्धको पहिलो खेल ९ विकेटले जितेको थियो । नेपाल र नेदरल्याण्ड्सबीच अहिलेसम्म चार ओडिआई खेल भएको छ । जसलै दुवैले समान २/२ खेल जितेका छन् ।
नेपालको टोली
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अनिलकुमार साह, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, देव खनाल
नेदरल्यान्ड्सको टोली
म्याक्स ओडाउड, विक्रमजित सिंह, नोआह क्रस, शरिज अहमद, आर्यन दत्त, तेजा निडामानिरु, स्कट एडवाड्र्स (कप्तान), माइकल लेभिट, भिभियन किंग्मा, वेस्ली ब्यारेसी, स्याब्रान्ड एंगेलब्रेक्ट, रोलेफ भान डर मर्वे, बास डि लिडे, क्याइल केलिन, ओलिभर एलेनबास