गजुरीमा आज देखि अध्यक्ष कप राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता हुँदै (खेल तालिका समेत)

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन १०, २०८०

धादिङ । धादिङको गजुरी गाउँपालिकाको आयोजनामा आज देखि गजुरी गलौंदी स्थित कभर्ड हलमा प्रथम अध्यक्ष कप खुल्ला राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा राष्ट्रिय पुरुष युगल, राष्ट्रिय ४५ प्लस भेट्रान पुरुष युगल, जिल्ला स्तरीय पुरुष युगल ‘बी’, जिल्ला स्तरीय पुरुष युगल ‘सी’ का खेलहरु समाबेस छन् । जसमा राष्ट्रिय तर्फ राष्ट्रिय भेट्रान तर्फ १६ टिम, ‘बी’ तर्फ ३२ टिम र ‘सी’ तर्फ ३२ टिम सहभागी हुने छन् ।

‘र्‍याङकीङ २०’ सम्मका खेलाडीले प्रतियोगितामा भाग लिन नपाउने यस प्रतियोगितामा राष्ट्रिय पुरुष युगल तर्फ प्रथमलाई ५० हजार, द्वितियलाई ३० हजार र सेमिफाईनलिष्टलाई १० हजार, भेट्रान पुरुष युगल तर्फ प्रथमलाई ३५ हजार, द्वितियलाई २५ हजार र सेमिफाईनलिष्टलाई १० हजार, पुरुष युगल ‘बी’ तर्फ प्रथमलाई ३० हजार, द्वितियलाई २० हजार र सेमिफाईनलिष्टलाई १० हजार र पुरुष युगल ‘सी’ तर्फ प्रथमलाई २५ हजार, द्वितियलाई १५ हजार र सेमिफाईनलिष्टलाई ६ हजार पुरस्कार राखिएको छ ।