वाईसीएलले सहिद स्मृति भलिबल प्रतियोगिता गर्दै

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन ९, २०८०

काठमाडौं । योङ कम्यूनिष्ट लिग (वाईसीएल) बागमती प्रदेश र शहिद स्मृती प्रतिष्ठानले यहि फागुन १९–२१ गते सम्म प्रथम सहिद स्मृति बागमती प्रदेश रनिङ्गशिल्ड भलिबल प्रतियोगिता–२०८० को आयोजना गर्ने भएको छ।

खेल संयोजक एवम् वाइसीएल नेपाल बागमती प्रदेशका संयोजक साजन अधिकारीका अनुसार प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वर कर्भडहलमा हुने छ भने पुरस्कार वितरण समारोहमा शहिद वेपत्ता परिवार सम्मान कार्यक्रम समेत राखिएको छ ।

अनुमानित ४२ लाख खर्च अनुमान गरिएको यस प्रतियोगिताको विजयी टिमले १ लाख ११ हजार १११, उपविजेताले ५५ हजार ५ सय ५५ रुपियाँ , तृतीयले ३३ हजार ३३३ रुपियाँ, वेष्ट सटर, वेष्ट प्लेयर, बेष्ट लिप्टर, बेष्ट ब्लकर, बेष्ट कोचलाई ५-५ हजार प्रदान गरिने संयोजक अधिकारीले बताए ।