धादिङका करण र सन्दिपले युएईमा कास्य पदक जिते

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन ८, २०८०

धादिङ । युएईमा फगुन ४–६ गते सम्म सचलेकोखुल्ला अन्तराष्ट्रि कराते च्याम्पियनसिपमा धादिङका करण गुरुङ र सन्दिप अधिकारीले कास्य पदक जित्न सफल भएका छन् ।

नेपालका करण सिरिया सँग स्तब्ध हुँदा कास्य पदक मै रोकिएका थिए भने सन्दिप भारत र फिलिपिन्सलाई जिते पनि जोडर्न सँग हार्दा कास्य पदकमा चित्त बुझाएका हुन् ।

करणले ६७ केजी तौल समूहमा र सन्दिपले ६० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।