जनप्रगतिशील मञ्च पोर्चुगलको अधिवेशनबाट अध्यक्ष, महासचिव सहित ३ जना धादिङका चयन

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन ८, २०८०

धादिङ । नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको सातौँ अधिवेशनबाट धादिङका तीन जना (अध्यक्ष महासचिव र ए जना सदस्य) चयन भएका छन् ।

पोर्चुगलको लिस्बनमा सम्पन्न उक्त अधिवेशनबाट अध्यक्षमा धादिङ सिम्ले खयरघारीकी सीता ढकाल सुवेदी, महासचिवमा नीलकण्ठ नगररपालिकाका गोविन्द बुढाथोकी र सदस्यमा धुनवेसी १ का शम्भुप्रसाद उप्रेती चयन भएका हुन् । अधिवेशनले २१ सदस्यीय नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको नयाँकार्य समिति गठन गरेको हो ।

बरिष्ठ उपाध्यक्षमा रेशम बस्नेत उपाध्यक्षहरुमा बुद्धी बराइली, कृष्ण तिमिल्सिना, अर्जुन भण्डारी र युवराज खनाल चयन भएका छन् । सचिवद्वयमा गोविन्द अधिकारी र राजन गिरी, कोषाध्यक्षमा अनिसा पराजुली रहेका छन् । कार्यसमितिका सदस्यहरुमा सरिता शर्मा, सनमान गोले, रवि अधिकारी, दीपक ढुङ्गाना, लक्ष्मीप्रसाद सुवेदी, नृपेश गिरी, दोवराज घिमिरे, सुरज भण्डारी, सुवास पौडेल, जीतकुमारी कुंवर, प्रविण लामिछाने छन् । त्यसैगरी कार्यसमितिका सदस्यहरुमा गोविन गुरुङ, इन्दिरा कुमारी विक, सोमप्रसाद सुवेदी, पुरुषोत्तम भट्ट, मैधव पौडेल, गीता बास्तोला, सुर्य सौगात, सुर्यप्रसाद भण्डारी, विशाल वली, सुवासचन्द्र भट्टराई, सुरेश कुंवर र शम्भुप्रसाद उप्रेती छन् ।

अधिवेशन उद्घाटन गर्दै प्रमुख अतिथि नेपाली जनप्रगतिशील मञ्च युरोप कमिटी सङ्गठन विभाग प्रमुख उदयराज गौतमले माओवादीले देशमा गरिरहेको राम्रा कामहरुको पक्ष पोषण गर्न आग्रह गरेका थिए । भने पुर्व अध्यक्ष नारायण सुवेदीले दुखका बेला सङ्गठन चाहिन्छ, हिजो दुखमा पार्टी निर्माण गरियो आज पार्टीले पोर्चुगलको NRNA पोर्चुगलको नेतृत्व गरिरहेको छ । शाख राख्न र सङ्गठनका लागि लागि परिरहन अनुरोध गरेका थिए ।