काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले विधान अधिवेशनभरमा कुल २५ लाख खर्च भएको छ । जस मध्य खाजा पानीमा मात्र ९ लाख खर्च भएको छ ।
माओवादीले फागुन १ देखि ३ गतेसम्म प्रज्ञा भवनमा प्रथम विधान अधिवेशन गरेको थियो ।
अधिवेशनमा १३ सय प्रतिनिधि सहभागी भएका थिए । उनीहरूले खाना र बस्न खर्च आफैले व्यहोरेका थिए भने खाजा र पानी पार्टीले दिएको थियो । प्रत्येक प्रतिनिधिबाट एक हजार रुपयाँ उठाइएको थियो ।