धादिङमा प्रदेशबाट तीन जना खेल प्रशिक्षक छनोट

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन ३, २०८०

धादिङ । प्रदेश खेलकुद परिषद बागमती प्रदेशले चालु आर्थिक वर्ष २०८०र०८ को वार्षिक वजेट अनुसार स्वयंसेवक प्रशिक्षकमा धादिङबाट तीन जनाले नाम निकाल्न सफल भएका छन् ।

आवेदकहरु मध्यबाट प्रदेश छनोट समितिले अन्तरवार्ताका लागि बोलाएको थियो । अन्तरवार्तबाट छनोटमा धादिङबाट करण गुरुङ, दिपक तामाङ र बलराम रानामगरले नाम निकालेका हुन् ।

लामो समय देखि सरकारी तवरबाट खेलकुद प्रशिक्षकहरु सरकारले नियुक्त गर्न सकेको थिएन । तथापी बागमती प्रदेशले खेलकुद विकासका लागि पहिलो चरणमा २७ जना स्वयंसेवक प्रशिक्षक छनोट गरेका छ । धादिङबाट नाम निकाल्न सफल करण र बलराम कराते र दिपक तामाङ फुटबल विधाका हुन् ।