नीलकण्ठ नगरपालिकाद्वारा खेलाडी एरिका गुरुङलाई सम्मान

Avatar photo
Dhadingpost
आइतवार, माघ २८, २०८०

धादिङ । नीलकण्ठ नगरपालिकाले १९ औ एसियन खेलकुदमा रजत पदक विजेता नीलकण्ठ १३ निवासी एरिका गुरुङ र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण विजेता खेलाडीलाई नगद सहित सम्मान गरेको छ । गत असोज २० गते चीनमा भएको एसियाली खेलकुद (एसियाड) मा एरिकाले ६८ केजी तौल समूह कराँतेमा नेपालका लागि रजत पदक जित्न सफल भएकी थिईन ।

नीलकण्ठ नगरपालिकाको दोश्रो नगर सभाको चौथो अधिवेशनको अवसमा मेय भिम प्रसाद ढुङ्गानाले एरिका गुरुङलाई नगद २५ सहजार र नीलकण्ठ नगरपालिकाबाट जिल्लाको राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण ल्याउने खेलाडीलाई जनही १-१ हजारले सम्मान गरेका हुन् ।

माघ १६ गते सम्पन्न १३ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नीलकण्ठ नगरपालिकाबाट २४ जनाले स्वर्ण पदक जितेका थिए ।