धादिङकी एरिकाले १९ औं एसियाडमा जितिन नेपालका लागि पहिलो रजत पदक

Avatar photo
Dhadingpost
आइतवार, अशोज २१, २०८०

धादिङ । चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) धादिङ नीलकण्ठ १३, लाहुरे गाउँ निवासी एरिका गुरुङले नेपालका लागि पहिलो पदक जित्न सफल भएकी छिन् । यो जित सँग उनले पुरस्कार वापत नेपाल सरकारबाट साढे १९ लाख रुपैयाँ प्राप्त गर्ने भएकी छिन् ।

एरिकाले शनिबार ६८ केजी तौल समूहमा कराँतेमा रजत पदक जित्न सफल भएकी हुन् । नेपालले १९ औं एसियाड सम्पन्न हुनु एक दिन अघि १ रजत र १ कास्य पदक जितेको छ । यस अघि नेपालका लागि सीता राई कास्य पदक १२ औ एशियन गेम्स जापन हिरोसिमा १९९४, समर बहादुर गोले कास्य पदक १३ औ एसियन गेम्स थाईल्याण्ड बैंकक १९९८, बिमला तामाङ्ग कास्य पदक १७ औ एशियन गेम्स ईन्चोन कोरिया २०१४ मा जितेका छन् ।

नेपाल सरकारले एसियाडमा नेपालले जितेको २ पदकका लागि खेलाडी, प्रशिक्षक र सम्बन्धित संघलाई गरि ८९ लाख ७० हजार रुपैयाँ पुरस्कार दिनेछ । राष्ट्रिय खेलकुद विकास नियमवाली २०७९ को अनुसार एसियाडमा व्यक्तिगत स्पर्धामा रजत पदक जित्ने खेलाडीले १९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रावधान छ ।