धादिङका तीन जना परे, प्रदेशले छनोटका लागि बोलायो अन्तरवार्तामा

Avatar photo
Dhadingpost
बिहिबार, माघ २५, २०८०

धादिङ । प्रदेश खेलकुद परिषद बागमती प्रदेशले चालु आर्थिक वर्ष २०८०/०८ को वार्षिक वजेट अनुसार स्वयंसेवक प्रशिक्षकका लागि अन्तरवार्ताका लागि बोलाएको छ । जसमा धादिङबाट तीन जना परेका छन् ।

आवेदकहरु मध्यबाट प्रदेश छनोट समितिले ५२ जनालाई अन्तरवार्ताका लागि बोलाएको छ त्यसमध्य २६ जनाको नाम निस्कने प्रदेश खेलकुद परिषदले जनाएको छ । अन्तरवार्ताका लागि धादिङबाट करण गुरुङ, दिपक तामाङ र बलराम रानामगरलाई बोलाईएको छ । अन्तरवार्ता माघ २९ गते हुने सूचनामा उल्लेख छ ।

लामो समय देखि सरकारी तवरबाट खेलकुद प्रशिक्षकहरु सरकारले नियुक्त गर्न सकेको छैन । तथापी बागमती प्रदेशले खेलकुद विकासका लागि पहिलो चरणमा २६ जना स्वयंसेवक प्रशिक्षक नियुक्त गर्न लागेको हो ।