एमाले धादिङको नवौं अधिबेशनको आज केपी ओलीले उद्घाट गर्ने

Avatar photo
Dhadingpost
शुक्रबार, माघ १९, २०८०

धादिङ । नेकपा एमाले धादिङको नवौं अधिवेशनको उद्घाट आज धादिङबेसी स्थित खुल्लामञ्चमा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।

अधिवेशन उद्घाटन गर्न काठमाडौंबाट सडकमार्ग हुँदै धादिङबेसी आउन लागेका ओलीको स्वागतका लागि एमालेले पृथ्वीराजमार्गको ठाउँठाउँबाट ¥याली निकाल्ने र धादिङबेसीसम्म स्कटिङ गर्ने व्यवस्था मिलाईएको जनाएको छ ।

यस जिल्ला अधिवेशनमा वडा पालिकाबाट ३४१, आयोजक १३७ जना, जनवर्गिय संगठनहरुबाट ३–३ जना र मनोनित ५ प्रतिशत गरी करिव ६०० जना सहभागी हुने बताईएको छ । माघ १९ गते विहान ११ बजे पुछारबजारबाट साँस्कृतिक झाँकी सहित १० हजार पार्टी सदस्य र सुभचिन्तकहरुको सहभागितामा र्‍याली निकाल्ने तयारी भएको जनाईएको छ ।

एमाले धादिङको अध्यक्ष बन्ने दौडमा त्रिपाठी र अधिकारी

नयाँ कार्यसमितिका लागि हुने यस अधिवेशनमा अहिले भूमिप्रसाद त्रिपाठी र डा. रामकुमार अधिकारी अध्यक्ष बन्ने दौंडमा छन् । दुबै जनाले आफू अध्यक्ष बन्ने सार्वजनिक अभिव्यक्ति नदिए पनि आफु निकटलाई प्रचार प्रसारमा र प्रतिनीधि भेटघाटमा खटाएका छन् ।

भूमिप्रसाद त्रिपाठी आठौं अधिवेशनबाट जिल्ला अध्यक्ष बन्दै नेतृत्व गरिरहेका छन् भने उनी फेरि अध्यक्ष बन्ने आकांक्षा सहित तयारीमा लागेका छन् । एमाले स्रोतका अनुसार उता डा. रामकुमार अधिकारी नेता खेम प्रसाद लोहनी, मिनराज कडेल, खेम पाठक, धनबहादुर तामाङ सहितको समर्थनमा अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् । तस्वीर अनिल अछामी