नेपाल पर्यटन व्यवसायी संगठनमा अध्यक्ष सहित धादिङका ११ जना निर्वाचित

Avatar photo
Dhadingpost
बिहिबार, माघ १८, २०८०

धादिङ । नेपाल पर्यटन व्यवसायी संगठनको प्रथम अधिवेशनबाट अध्यक्ष सहित धादिङका ११ जना निर्वाचित भएका छन् ।

अधिवेशनले सर्वसम्मत ५१ सदस्यी कार्य समिति गठन गर्दा अध्यक्षमा धादिङका नवराज पाण्डे चुनिएका हुन् । यस्तै उपाध्यमा धादिङका ठाकुर प्रसाद सापकोटा, सदस्यहरुमा र सदस्यहरुमा धादिङका माधव कुमार धमला, राजकुमार बस्नेत, राजकुमार धमला, गोपाल थापा, ऋषि नेपाल, अर्जुन सिम्खडा, हर्क गुरुङ, रामचन्द्र ढ्वान्या र हरि गुरुङ गुरुङ चय भएका छन् ।

नेपाल पर्यटन व्यवसायी संगठन माओवादी केद्र निकट पर्यटन व्यवसायीहरुको संगठन हो ।