
धादिङ । यहि पुस २५ गते देखि माघ २ गते सम्म नीलकण्ठ १४ स्थित पात्ले खेल मैदानमा जिल्ला कै सर्वाधिक पुरस्कार राशी रहेको नवौं मानबहादुर मेमोरियल कप 7 “A” साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता हुन गहिरहेको छ । यस प्रतियोगितामा प्रथमलाई १ लाख ३० हजार, उप विजेता पुरस्कार ६० हजार, सेमिफाईनलमा रोकिएका दुई टिमलाई २०-२० हजार पुरस्कार प्रदान गरिने छ ।
विद्यार्थी उपकार संघले आयोजना गर्न लागेको उक्त प्रतियोगिताको लागि आर्थिक सहयोग जुट्न थालेको छ । प्रथम पुरस्कारको लागि यूके बस्दै आएका पात्ले निवासी तमाङ घेदुङ युकेका संस्थापक अध्यक्ष, शाक्य लिन्क युकेका अध्यक्ष, धादिङ नुवाकोट समाज युकेका क्षेत्रिय संयोजक पुर्ण पाख्रिनले सहयोग गर्ने भएका छन् ।
यस्तै पात्ले निवासी न्युजिल्याण्ड बस्दै आएका रामसिंह तामाङले २५ हजार, धादिङ नुवाकोट समाज युकेका अध्यक्ष श्री धन बहादुर तामाङले १५ हजार, पात्ले कै निटन गुरुङले १५ हजार सहयोग गरेका छन् ।
गत साल सम्पन्न आठौं मानबहादुर मेमोरियल कप फुटबल धादिङ नेत्रावती डवजोङ सेमजोङको डब्जोङ क्षेत्र संरक्षण समाजलाई १(२ को गोल अन्तरले हराउँदै नुवाकोटको दाङसिङ युवा क्लवले जितेको थियो । उक्त प्रतियोगितामा प्रथमलाई १ लाख २५ हजार र उपविजेतालाई ६० हजार प्रदान गरिएको थियो ।

हाल सम्म उक्त प्रतियोगिताका लागि ससहयोग गर्नेहरुको सूची
- पुर्ण पाख्रीन धुवाँकोट पात्ले (हाल युके) रु.१ लाख ३० हजार
- रामसिंह तामाङ धुवाँकोट पात्ले (हाल न्युजिल्याण्ड) रु.२५,०००
- निटन गुरुङ धुवाँकोट पात्ले रु.१५,०००
- धन बहादुर तामाङ धुवाँकोट पात्ले (हाल युके) रु.१५,०००
- गणेश तामाङ धुवाँकोट पात्ले (हाल क्यानडा) रु.११,१००
- वोस्टन तामाङ धुवाँकोट पात्ले (हाल फ्रान्स) रु.१०,०००
- सन्तिया तामाङ धुवाँकोट, पात्ले रु.१०,०००
- श्रीमम्बा तामाङ तार्केश्वर, नुवाकोट रु.१०,०००
- विनय तामाङ धुवाँकोट पात्ले (हाल ईन्डिया) रु.७,१००
- समिर तामाङ धुवाँकोट पात्ले (हाल ईन्डिया) रु.७,०००
- मानसिङ तामाङ धुवाँकोट पात्ले रु.७,०००
- अजित तामाङ धुवाँकोट पात्ले (हाल ईन्डिया) रु.६,०००
- रामलाल तामाङ धुवाँकोट पात्ले (हाल ईन्डिया) रु.५,५५५
- अरुण गुरुङ, धुवाँकोट कुपा (हाल मकाउ) ५,१११
- प्रेम लामा नुवाकोट (हाल ईन्डिया) रु.५,१००
- रोहन जंग कार्की धुवाँकोट पात्ले (हाल कोरिया) रु.५,०००
- राजकुमार सेन्चुरी धुवाँकोट अम्बोटे (हाल कोरिया) रु.५,०००
- डेनी तामाङ धुवाँकोट पात्ले (हाल कोरिया) रु.५,०००
- सुनिल ओस्ति नीलकण्ठ १४ (हाल पोर्चुगल) रु.५,०००
- उमेश क्षेत्री नीलकण्ठ १४ बडार्थोक रु.५,०००
- निराज तामाङ, धुवाँकोट पात्ले (हाल कोरिया) रु.५,०००
- बिकस तामाङ धुवाँकोट पात्ले (हाल यूएई) रु.५,०००
- सुजन तामाङ धुवाँकोट पात्ले (हाल पोल्याण्ड) रु.५,०००
- उदास थेब तामाङ धुवाँकोट पात्ले रु.५,०००
- सागर तामाङ धुवाँकोट पात्ले रु.५,०००
- मिलन तामाङ धुवाँकोट पात्ले (हाल क्यानडा) रु.५,०००
- सन्जय तामाङ धुवाँकोट पात्ले रु.५,०००
- विनय तामाङ पाख्रीन धुवाँकोट पात्ले (हाल क्यानडा) रु.५,०००
- सुकबहादुर तामाङ, धुवाँकोट कुपा रु.३,१११