नीलकण्ठले पौष ६ देखि राष्ट्रपति रनिङ शिल्ड गर्ने

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर २९, २०८०

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले पौष ६ गते देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्ने भएको छ । ३ दि सम्म संचालन हुने उक्त प्रतियोगिताबाट छनोट हुने खेलाडीहरुले जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा भाग लिने छन् ।

कक्षा १२ सम्म पढ्ने र १८ वर्ष ननाघेका विद्यार्थीहरुले भागलिन पाउने यस प्रतियोगिताका लागि नीलकण्ठ नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले सूचना जारी गर्दै सहभागी हुन चाहाने खेलाडीहरुलाई तोकिएको मापदण्ड पुरा गरि सहभागी गराउन विद्यालयहरुलाई आग्रह गरेको छ ।

गत वर्ष नलिकण्ठ नगरपालिकाले माघ १३ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरेको थियो । २७ सरकारी र ५ निजी गरी ३२ माध्यामिक विद्यालय मध्य २१ वटा माविहरुले मात्रै भाग लिएका थिए । जसमा १७ स्वर्ण सहित नीलकण्ठ मावि प्रथम बन्यो भने बालमन्दिर ७ स्वर्ण, चन्डेश्वरी र एड्भान्स एकेडेमीले ५–५ स्वर्ण पदक जितेका थिए ।

गत वर्ष नीलकण्ठ नगरपालिकाबाट छनोट भएका खेलाडीले जिल्ला स्तरीय प्रतियोगिता समेत जितेका थिए । फागुन २३ गते देखि २५ गते सम्म जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको उक्त प्रतियोगितामा नीलकण्ठ नगरपालिकाले २० स्वर्ण, ११ रजत र १५ कास्य गरी ४६ पदक जित्दै प्रथम भएको थियो । फाईल तस्वीर