लायन्स क्लव चितवनले धुवाँकोटमा मंसिर २३ गते नि:शुल्क स्वास्थ्य शिविर गर्ने

Avatar photo
Dhadingpost
बुधबार, मंसिर २०, २०८०

धादिङ । यहि मंसिर २३ गते नीलकण्ठ नगरपालिका १४ धुवाँकोट गनेडाँडा स्थित गौरीशंकर आधारभूत विद्यालय परिसरमा नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

शिविरमा स्त्री तथा प्रसुती रोग, मधुमेह, पेट, छाती, हाड जोर्नी, मुटु रोग, दन्त रोग परिक्षण, बाल स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधी वितरण एवं क्यान्सर सचेतना कार्यक्रम संचालन हुने बताईएको छ ।

विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य चेकजाँच गरिने भनिएको उक्त शिविरको आयोजना लायन्स क्लव चितवनको हो भने स्थानीय जन आवाज युवा क्लव, विद्यार्थी उपकार संघ र कुपा युवा समाजको सह-आयोजक रहेका छन् ।