धादिङका राम पोखरेलले जिते एनटिए लिग तेक्वान्दोमा स्वर्ण

Avatar photo
Dhadingpost
आइतवार, मंसिर १७, २०८०

धादिङ । यहि मंसिर १४ देखि १६ गते सम्म ललितपुरमा सम्पन्न भएको दोस्रो एनटिए लिग तेक्वान्दो प्रतियोगितामा धादिङका राम पोखरेलले स्वर्ण पदक जितेका छन् ।

नेपाल तेक्वान्दो संघको आयोजनाको आयोजनमा भएको उक्त प्रतियोगितामा पुम्से र ग्यरोगी तर्फबाट ७२ स्वर्ण पदका लागि ६५० खेलाडीले सहभागिता जनाएका थिए । धादिङका पोखरेलले पुम्से तर्फ स्वर्ण जितेका हुन् ।

नेपाल आर्मीमा कार्यरत धादिङका राम पोखरेल तेक्वान्दोको पाचौँ डानको लाईसेन्स प्राप्त खेलाडी हुन् । उनले केहि दिन अघि मात्रै हाई प्रफमेन्स तेक्वान्दो कोच तालिम समेत लिएका थिए ।