धादिङ । चीनमा सम्पन्न १९ औं एसियाली खेलकुद (एसियाड) मा नेपालका लागि रजत पदक विजेता धादिङकी एरिका गुरुङ सम्मानित भएकी छिन् । उनले कराँते विधा तर्फ एसियाडमा नेपालका लागि रजत पदक जितेकी थिईन् ।
एसएस फाउन्डेसनले घट्टेकुलो सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरीसँगको सहकार्यमा जनही ३१ हजार रुपैयाँले सोमबार सम्मान गरेको हो।
धादिङ नीलकण्ठ १३, लाहुरे गाउँ निवासी एरिका गुरुङले ६८ केजी तौल समूहको कराँतेमा रजत पदक जितेकी हुन् । नेपालले १९ औं एसियाडमा १ रजत र १ कास्य पदक जितेको थियो । नेपाल सरकारले एसियाडमा नेपालले जितेको २ पदकका लागि खेलाडी, प्रशिक्षक र सम्बन्धित संघलाई गरि ८९ लाख ७० हजार रुपैयाँ पुरस्कार दिएको छ ।