धादिङ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ धादिङले धादिङबेसीमा माध्यामिक विद्यालय स्तरीय नकआउट पुरुष भलिबल प्रतियोगिता गर्ने निर्णय गरेको छ । प्रतियोगिता पुस २७ देखि माघ १ गते सम्म हुने सुगन थापाले बताए ।
नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य तथा धादिङ इन्चार्ज समेत रहेका थापाका अनुसार एमाले धादिङका सचिव अर्जुन कुमार श्रेष्ठ (गोर्खाली) को प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न महासंघको बैठकले उक्त निर्णय गरेको हो ।
प्रतियोगितामा महिला भलिबल समाबेस गर्ने नगर्ने पुरस्कारको रकम कति हुने भन्ने निर्णय मंसिर १६ गते बस्ने बैठकले ठोस गर्ने समेत सगुनले धादिङपोष्टलाई बताए ।