सल्यानटारमा इन्डोर क्रिकेट नेट अभ्यास सेन्टर उद्घाटन

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक २५, २०८०

धादिङ । धादिङमा पछिल्लो समय क्रिकेट प्रति आम मानिसहरु चोसो र रुची बढेर गएको छ । खेलाडी उत्पादनमा पनि छलाङ्मय नै देखिन्छ । स्थानीय क्लवहरुले आयोजना गर्ने प्रतियोगितामा पनि उल्यख्य मात्रामा क्लवहरुले भाग लिने गरेको देखिन्छ । तथापी सरकारी संयन्त्रले क्रिकेट नबुझ्दा पूर्वाधार विकास देखि खेलाडी प्रत्सोहानका कार्यक्रहरु हुन सकिरहेको छैन ।

पछिल्लो समय त्रिपुरासुन्दरी गाउँपालिकाको १ लाख ३० हजार लगानीमा सल्यानटारमा एक्लेबहरमा निमार्ण गरिएको इन्डोर क्रिकेट नेट अभ्यास सेन्टर आज एक कार्यक्रमका बीच पालिका उपाध्यक्ष देवराज धरेलले उद्घाट गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष धरेलले त्रिपुरासुन्दरी गाउँपालिका क्रिकेट विकासमा प्रतिवद्ध रहेको बताउँदै अगामी वर्षहरुमा क्रिकेट विकासका लागि वजेट निर्धारण गरेर जाने बताएका थिए ।

उद्घाटन समारोहमा जनप्रतीनिहरु, धादिङ क्रिकेट टिमका कोच उदय थापा, स्थानीय खेल प्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा खेलाडीहरुले क्रिकेट खेल मैदानका निमार्णका लागि गाउँपालिकाले पहल गर्नु पर्ने माग समेत गरेका थिए । तस्वीरः पवन श्रेष्ठ