धादिङ बेनीघाट रोराङका पशुपति मैनाली सहित चार कन्सल्टेन्सी संचालक

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक २४, २०८०

धादिङ । नक्कली भिजिट भिसामा पठाउने प्रकरणमा प्रहरीले धादिङ बेनीघाट रोराङ गाउँपालिका २ का पशुपति मैनाली सहित चार कन्सल्टेन्सी संचालकलाई पक्राउ गरेको छ । मैनाली काठमाडौं नयाँबजार बस्ने निप्पोन कन्सल्ट्यान्सीका सञ्चालक हुन् ।

पक्राउ पर्ने अन्यमा काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने एसिई कन्सल्टेन्सीका सञ्चालक ३७ वर्षीय अनिष अमात्य, नुवाकोट सूर्यगढी नगरपालिका–३ घर भइ हाल ललितपुर इमाडोलमा रहेको प्रगति विद्याश्रम कन्सल्टेन्सीका सञ्चालक ४५ वर्षीय गोपाल रिमाल, र भद्रपुर नगरपालिका–१० घर भइ काठमाडौं बुढानीलकण्ठ बस्ने एस टु अब्रोड कन्सल्टेन्सीका सञ्चालक ३२ वर्षीय सागर चापागाईं रहेका छन् ।

भिजिट भिसामा विभिन्न देशमा पठाइदिने भन्दै नक्कली कागजातहरु बनाउने कार्यमा संलंग रहेको आशंकामा उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । उनीहरुलाई विभिन्न व्यक्तिका नामको नक्कली शैक्षिक प्रमाणपत्र, विभिन्न सरकारी कार्यालयका होलो ग्राम, ल्यापटप, प्रिन्टर र सरकारी कार्यालयको दुई सय ३० वटा छापसहित काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरीएको जनाईएको छ ।