चरौंदीमा कार्तिक २५ देखि हुने यू-१९ फुटबलको खेल तालिका सार्वजनिक

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक २४, २०८०

धादिङ । धादिङ बेनीघाट रोराङ गाउँपालिका स्थित चरौंदीमा कार्तिक २५ देखि हुने पालिका स्तरीय यू १९ फुटबल प्रतियोगिता को खेल तालिका सार्वजनिक भएको छ ।

बेनीघाट रोराङ वडा नम्बर ५ र ७ को युवा तथा खेलकुद विकास समितिले आयोजना गर्ने उक्त प्रतियोगिताको पुरस्कार राशी प्रथम २० हजार, उप विजेता १० हजार र उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट गोल किपरलाई जनही ५ हजार प्रदान गरिने बताईएको छ ।

खेल तालिका अनुसार प्रतियोगितामा ११ टिमले भाग लिने भएका छन् ।