धादिङमा माओवादी अभियानः जिल्ला संयोजक रुबीभ्याली, सचिव खनियावासका टोल टोलमा

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक २३, २०८०

धादिङ । माओवादी केन्द्रले भदौ १७ गते देखि सुरु गरेको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान धादिङमा जारी छ । अभियानका क्रममा यतिबेला जिल्ला संयोजक मनराज भण्डारी रुबीभ्याली र जिल्ला सचिव खनियाबासका टोल टोल पुगि रहेका छन् ।

रुबीभ्याली पुगेका जिल्ला संयोजक भण्डारीले आज रुविभ्यालि १ का राप्रपा नेता फैसिङ घले, रुविभ्यालि २ वडा अध्यक्ष तथा नेकपा (एकीकृत समाजवादी) का नेता रुपा घलेलाई समेत भेटेका छन् भने अभियान अन्तरगत टोल कमिटी गठन र सदस्यता विस्तार कार्य गर्दै आएका छन् ।

यस्तै जिल्ला सचिव दिपक लामिछाने खनियास गाउँपालिकामा छन् उनी पनि टोल भेला, पार्टी सदस्यता विस्तार एवमु सदस्यता नविकरणका लागि जनताको घर दैलो कार्यक्रममा सहभागी रहेको पालिका पार्टी इन्चार्ज सेक्केमान तामाङले धादिङपोष्टलाई बताए ।