धादिङकी रशिला मलेसियामा भएको अल्ट्रा च्यालेन्ज दौडमा दोस्रो भईन

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक २२, २०८०

धादिङ । धादिङको धुनीबेसी नगरपालिका निवासी रशिला तामाङ मलेसियामा भएको अल्ट्रा च्यालेन्ज दौडमा दोस्रो भएकी छनि । उनले नेपालको प्रतिनीधित्व गर्दै उक्त प्रतियोगितामा भाग लिएकी थिईन् ।

दी नर्थ फेस मलेसिया माउन्टेन ट्रेल फेस्टिभल २०२३ अन्तर्गत ५० किमी अल्ट्रा च्यालेन्जमा महिलातर्फ रशिलाले निर्धारित दुरी ७ घण्टा २७ मिनेट १८ सेकेण्डमा दौड पूरा गर्दै दोस्रूो भएकी हुन् । प्रथम भने बेल्जियमकी अउरोर डासियर ६ घण्टा ५३ मिनेट ४६ सेकेण्डमा निर्धारित दुरी पार गरेकी थिईन् ।

यस अघि मलेसिया मै सम्पन्न एसिया ट्रेल मास्टरको आयोजना गरेको कोबोई मलाया क्लासिक महिला दौडमा रशिलाले ५ घण्टा ८ मिनेट ३२ सेकेण्डमा दुरी पुरा गर्दै उपाधी जितेकी थिईन् । भाग लिएका अधिकांश दौडमा शीर्ष तीन भित्र पर्न सफल रशिलाले चीनमा भएको जिओजी माउन्टेन क्रसिङ कम्पिटिसन, नेपालमा युनिभर्सिटी च्याम्पियनसिप, गोदावरी रनिङ फेस्टिभल र हिमालयन आउटडोर, ४२ किमीको एभरेष्ट म्याराथन, स्विट्जरल्याण्डमा भएको यूटीएमआरमा लगायतमा पहिलो भइसकेकी छन् ।