बेनीघाट रोराङको अध्यक्ष कप टी २० क्रिकेट भोली हुने

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २१, २०८०

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको विद्यालय स्तरीय बृहत खेलकूद प्रतियोगिता कार्तिक १७ देखि जारी छ । जस अन्तरगत अध्यक्ष कप टी २० क्रिकेट प्रतियोगिता बुधबार बिहानबाट हुने जनाईएको छ ।

क्रिकेटलाई प्राथमिकतामा राख्दै आएको यस पालिकाले गर्ने विद्यालय स्तरीय अध्यक्ष कप टी २० क्रिकेट प्रतियोगितामा ४ वटा विद्यालयहरु ब्राईटफ्यूचर बोर्डिङ, चन्द्रोदय मावि विशालटार, शंखादेवि मावि मझिमटार र बागेश्वरी मावि रिचोकटार मलेखुले भाग लिएका छन् ।

पहिलो खेल भोली बिहान ७ः३० बजे, ब्राईटफ्यूचर बोर्डिङ विरुद्ध चन्द्रोदय मावि विशालटार र दोस्रो खेल बिहान ११ बजे शंखादेवि मावि मझिमटार विरुद्ध बागेश्वरी मावि रिचोकटार मलेख बीच हुने छ । भजे जित्ले टिमहरु बीचको फाईनल भोली २ बजे हुने बताईएको छ ।