धादिङ । नेपाली कांग्रेस धादिङले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई १ लाख ५१ हजार सहयोग गरेको छ । नेपाली कांग्रेस धादिङका सचिव विकास श्रेष्ठका अनुसार कांग्रेस धादिङले उक्त सहयोग रकम आज प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।