धादिङ । नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले भुकम्प प्रभावितलाई रकम हस्तान्तरण गरेका छन् । ढुंगानाले आईतबार साँझ जाजरकोटको सदरमुकाम खलङ्गा पुगेर संघीर सरकारका उर्जामन्त्री शक्ति बहादुर बस्नेत,कर्णाली प्रदेशका अर्थमन्त्री बेदराज सिंहको उपस्थितीमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनुवारलाई नगद २ लाख ५० हजार हस्तान्तरण गरेका हुन् ।
नीलकण्ठ नगरपालिकाकाको तर्फबाट ५ लाख सहयोग गर्ने कार्यक्रम अनुसार नगद २ लाख ५० हजार जाजरकोटका भुकम्प प्रभावितहरुलाईहस्तान्त्रण गरिएको र बाँकी २ लाख ५० हजार रुकुम पश्चिमका भुकम्प पिडितहरुलाई प्रदान गरिने सरोज अधिकारीले धादिङपोष्टलाई बताए ।
यहयोगका लागि धादिङबाट नीलकण्ठ नगर प्रमुख भीम प्रसाद ढुंगाना सहित नेपाली धादिङका पुर्व सभापति रमेश धमला, नगरपालिका संघका सल्लाहकार तथा संचारकर्मी सरोज अधिकारी र नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोईराला जाजरकोट पुगेका हुन् ।
गृहमन्त्रालयका अनुसार जाजरकोटमा १०५ र रुकुममा ५२ जनाको मृत्यु भएको छ । यस्तै घाइते २५६ जनामध्ये जाजरकोटका ११२, रुकुमका १३२, सल्यानका २, रोल्पाका १ र दैलेख, बैतडी, जुम्लामा ३/३ जना घाइते भएका छन् ।