नीलकण्ठका मेयर ढुङ्गाना भुकम्प प्रभावित क्षेत्र पुग्दै, ५ लाख सहयोग गर्ने

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक १८, २०८०

धादिङ । नीललकण्ठका मेयर भिमप्रसाद ढुङ्गाना सहयोगका लागि भुकम्प प्रभावित क्षेत्र पुग्दै छन् ।

मेयर ढुङ्गानाको साथमा नेपाली कांग्रेस धादिङका पूर्व सभापति रमेश धमला, नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय कोषाध्यक्ष, नगरपालिका संघको प्रेस सल्लाहकार सरोज अधिकारी, नीलकण्ठ नगरपालिकाका पूर्व सल्लाहकार दीपक कोईराला भुकम्प प्रभावित गएका छन् ।

नीलकलण्ठ नगर पालिकाको तर्फबाट भुकम्प प्रभावितलाई ५ लाख सहयोग गर्ने बताईएको छ । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३६ पुगेको भने घाइते हुनेको संख्या १६५ पुगेको छ ।