धादिङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस कै समर्थनमा माओवादी पूर्व लडाकुलाई सेना प्रमुख बनाउने योजना विफल पार्दै देशको सुरक्षा संयन्त्रलाई दुर्घटनाबाट जोगाएको बताएका छन् ।
धादिङबेसीमा आयोजित नेपाली कांग्रेस धादिङको जिल्ला सम्मेलन उद्घाटन समारोहमा बोल्दै नेता कोईरालाले राजनीतिबाट टाढा रहेको नेपाली सेनामा कांग्रेस नेतृत्वको समर्थनमा माओवादी पूर्व लडाकुलाई सेना प्रमुख बनाउने तयारी थियो । यदि त्यो माओवादीको योजना योजना पूरा भएको थियो भने के हुन्थ्यो आफै सोच्नुस् तर हामीले त्यो हुन दिएनौं उनले बताए ।
कांग्रेस धादिङका निवर्तमान सभापती रमेश धमला, केन्द्रीय सदस्य दिलमान पाख्रीन र नेता भिम ढुङ्गाना, क्षेत्रिय सभापति पक्षधरहरुले बहिस्कार गरेको उक्त जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोईरालाले ०८४ को चुनावमा कांग्रेस कसैको बैशाखी नबन्ने र एक्लै चुनाव लड्ने समेत बताए । हामी अब एक्लै चुनाव लड्छौं । अहिले जितेका ठाउँहरु गठबन्धनको बलमा नजितेको दावी गर्दै उनले एक्लै लडेको भएपनि यति सिट आउँथ्यो उनले बताए ।
कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीको सभापतित्वमा भएको सम्मेलनको बन्द सत्र भोली १९ गते आईतबार हुने कार्यक्रम रहेको छ ।