म प्रधानमन्त्री नभई बुढीगण्डकी आयोजना बन्दैन -केपी ओली

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक १७, २०८०

धादिङ । कृषि प्रदर्शनी तथा ब्यापार मेला उद्घाटन गर्न धादिङको सल्यानटार आएका नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भवत आफू प्रधानमन्त्री नभई वा एमालेको सरकार नआई बहुचर्चित जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना नबन्ने बताएका छन् ।

आफू प्रधानमन्त्री रहँदा बुढीगण्डकी निमार्णको काम अगाडी बढाएको तर आफू प्रधानमन्त्रीबाट हटेपछि बिरोलो फेर्ने काम भयो । बिरालो कालो वा सेतो जस्तो रङको भएपनि काम मुसा मार्ने नै हो बिरालो फेरियो काम हुनुपर्यो खै काम भएको ? त्यसैले बुढीगण्डकी आयोजनाले पूर्णता पाउन एमालेको सरकार चाहिले उनले बताए । आफु प्रधानमन्त्री हुँदा ५७ अर्व रुपैँया मुअब्जामा बाँडिएको छ । अझै बाड्न बाँकी छ । त्यो काम एमालेको सरकार आएपछि पुरा हुने समेत उनले बताए ।

हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारीले आजबाट सुरु गरेको कृषि प्रर्दशनी तथा व्यापार मेला कार्तिक २७ गते सम्म जारी रहने छ ।