बेनीघाट रोराङको खेलकुद उत्सव आजबाट सुरु (खेल तालिका समेत)

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक १७, २०८०

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले आज बाट विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु गरेको छ । विशेष समारोहका बीच गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले आज खेलकुद उत्सवको उद्घाटन गरेका हुन् ।

प्रतियोगिता उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका पालिका अध्यक्ष थपलियाले आफ्नो पालिकाका खेलाडीहरु पहिलो नम्बरमा अनुशासित भएको हुनुपर्ने बताए । अनुशासन पहिलो सर्त हो अनि खेल उनले बताए । खेलकुदमा विद्यालयले लगानी बढाउँदै लगेको र उपलब्धी पनि भैरहेको उनले दावी गरे ।

उद्घाटन सत्रमा बोल्दै पालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठले बेनीघाट रोराङमा हुने हरेक खेलकुद गतिविधि राष्ट्रिय रुपमा समेत चर्चाहुने गरेको भन्दै खेलाडीहरुलाई आत्म विश्वासका साथ खेल्न आग्रह गरेका थिए ।

प्रमुख प्रशासकिय अधिकृत नर्बदा घिमिरेले जिल्लामा नै यो पालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्ने हामी पहिलो हौं । हाम्रा जिल्ला छनोट हुने खेलाडीहरुलाई तयारीका लागि प्रयाप्त समय हुने हुँदा शिक्षकहरुले त्यहि अनुसार तयारीमा जोड दिनु पर्ने बताईन् ।

आज कार्तिक १७ गते बाट सुरुहुने प्रतियोगिता कार्तिक २३ गते समापन गरिने पालिकाका शिक्षा अधिकृत बोधराज पाठकले बताए । उक्त खेलकुद उत्सवमा पाँचौं राष्ट्रपति रनिङ शिल्ड, मजदुर शहिद स्मृति खेलकूद, मदन भण्डारी स्मृति कप फुटबल र अध्यक्ष कप क्रिकेट प्रतियोगिता हुने छ । प्रतियोगिता सुरुहुनु अगाडी आज सहभागी विद्यालयका विद्यार्थीहरुले मार्चपास गरेका थिए ।

कुन खेल कहिले हुने
१. कबड्डी
छात्रः कार्तिक १७–१८गते
छात्राः कार्तिक १७–१८गते
२. भलिबल
छात्रः कार्तिक १८–१९ गते
छात्राः कार्तिक १८–१९ गते
३. फुटबल
छात्रः २०–२१
राष्ट्रपति रनिङ शिल्डका सबै विधा
कार्तिक १७–१९ गते
क्रिकेट
कार्तिक २२ गते

खेल तालिका