बेनीघाट रोराङको बृहत खेलकुद उत्सवको खेल तालिका सार्वजनिक

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक १७, २०८०

धादिङ । बेनीघाट रोराङले आयोजना गर्न लागेको पालिका भित्रका विद्यालय स्तरीय बृहत खेलकुद उत्सवको खेल तालिका सार्वजनिक भएको छ । बेनीघाट रोराङ गाउँपालिकाले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगिता कार्तिक २२ देखि सुरु हुने खेल तालिकामा उल्लेख छ ।

क्रिकेटलाई प्राथमिकतामा राख्दै आएको यस पालिकाले आज देखि हुन लागेको राष्ट्रपति रनिङ शिल्ड, मजदुर शहिद स्मृति खेलकूद, मदन भण्डारी स्मृति कप फुटबल सँगै अध्यक्ष कप क्रिकेट प्रतियोगिता कार्तिक २२ देखि गर्न लागेको हो । फाईनल त्यसै दिन दिउसो २ बजे हुने भएको छ ।

कुन खेल कहिले हुने
१. कबड्डी
छात्रः कार्तिक १७–१८गते
छात्राः कार्तिक १७–१८गते
२. भलिबल
छात्रः कार्तिक १८–१९ गते
छात्राः कार्तिक १८–१९ गते
३. फुटबल
छात्रः २०–२१
राष्ट्रपति रनिङ शिल्डका सबै विधा
कार्तिक १७–१९ गते
क्रिकेट
कार्तिक २२ गते

१२ वटा माध्यामिक विद्यालय रहेको यस पालिकाका ४ वटा टिमले क्रिकेट प्रतियोगितामा भाग लिने भएका छन् । खेल तालिका अनुसार २२ गते विहान साढें सात बजे ब्राईटफ्यूचर मावि विरुद्ध चन्द्रोदय मावि विशालटार र बिहान ११ बजे शंखादेवि मावि मझिमटार विरुद्ध मागेश्वरी मावि मलेखु रिचोकटार बीच हुने छ ।

खेल तालिका