बेनीघाट रोराङले भोली देखि बृहत खेलकुद उत्सव गर्दै

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक १६, २०८०

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले भोली कार्तिक १७ देखि राष्ट्रपति रनिङ शिल्ड तथा बृहत खेलकूद प्रतियोगिता गर्ने भएको छ । प्रतियोगिता कार्तिक २३ गते सम्म हुने जनाईएको छ ।

खेलकुद उत्सवमा पाँचौं राष्ट्रपति रनिङ शिल्ड, मजदुर शहिद स्मृति खेलकूद, मदन भण्डारी स्मृति कप फुटबल र अध्यक्ष कप क्रिकेट प्रतियोगिता हुने पालिकाका शिक्षा अधिकृत बोधराज पाठकले धादिङपोष्टलाई बताए । प्रतियोगिताको उद्घाटन भोली एक विशेष समारोहका बीच हुने छ, भने त्यसअघि पालिका कार्यालय परिसरबाट बिशालटार स्थित खेल मैदान सम्म र्याली गरिने र उत्कृष्ट र्याली प्रदर्शन गर्ने विद्यालयलाई पुरस्कार समेत दिईने शिक्षा अधिकृत पाठकले बताए ।

प्रतियोगिता तयारीका लागि नजिक रहेका विद्यालयहरुलाई एकमुष्ट ३० हजार र राजमार्ग देखि टाढा रहेका विद्यालयहरुलाई एकमुष्ट ४० हजार दिने निर्णय समेत गरेको छ । यस पालिकामा २ निजी सहित १२ वटा माध्यामिक विद्यालय रहेका छन् । फाईल तस्वीर: यस अघि बेनीघाट रोराङले सम्पन्न गरेको खेलकुद उत्सवको हो ।