धादिङबेसी स्थित सरकारी कार्यालय परिषरमा रहेका क्यान्टिन हटाईदै

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक १५, २०८०

धादिङ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै सरकारी कार्यालय परिषरमा रहेका अवैध क्यान्टिनहरु हटाउन निर्देशन गरेको छ ।

सरकारी कार्यालय परिषरमा संचालित क्यान्टिन, चमेनागृहरु प्रचलित कानुन पुरा नगरि संचालनमा रहेको चर्को मुल्यमा गुणस्तरहीन बस्तुहरु विक्रि गरेको गुनासो आएको जनाउँद्यै प्रशासनले तत्काल बन्द गर्न संबन्धित सरकारी कार्यालयहरुलाई निर्देशन गरेको हो ।