विश्वकप एसिया छनोटमा नेपाल एक खेल अगावै सेमिफाईनल प्रवेस

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक १४, २०८०

काठमाडौं । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा नेपालले एक खेल अगावै सेमिफाइनल प्रवेस गरेको छ । नेपालले मंगलबार दिउँसो मलेसियालाई हराउँदै एक खेल अगावै सेमिफाईनल पक्का गरेको हो । यस अघि नेपालले सिंगापुरलाई हराएको थियो ।

आज भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो भने यस अघि सिंगापुरलाई ८ विकेटले हराएको थियो । सेमिफाईनल अघि समुह विजेता र उप विजेताको लागि नेपालले बिहिबार ओमान सँग खेल्ने छ ।

समूह बी मा भने चारै टोलीको सेमिफाइनल सम्भावना कायमै छ । युएई २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । बहराइन २ खेलमा २ मा जितका साथ दोस्रो स्थानमा छ । हङकङ २ खेलमा २ अंक भएपनि नेटरनरेटका कारण तेस्रो स्थानमा छ ।

विश्वकप छनोटबाट हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल हुँदै फाइनल पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकप खेल्न पाउनेछन् । सेमिफाइनल शुक्रबार र फाइनल आइतबार हुनेछ ।